बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्छौं :  जबरा

शनिबार, १९ फागुन २०८०, १५ : ३३
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदयशमशेर जबराले संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्नेगरी आफ्नो पार्टी लागि परेको बताएका छन् । शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले शिक्षा ऐनलाई छिटो भन्दा छिटो पास गर्न कांग्रेसले काम गरिरहेको बताए । उनले जारी संसदको अधिवेशनमै पास गर्ने उद्देश्य राखेर अघि बढेको जानकारी दिए ।

उनले ललितपुरको नेपाली कांग्रेसमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको पनि बताए । उनले अहिले पनि निजी विद्यालयमा पढाउने भन्दा सरकारी विदालयमा पढाउने शिक्षकको तलव भत्ता बढी रहेको जिकिर गरे ।

‘शिक्षा ऐनलाई छिटो भन्दा छिटो पास गर्न हामी सबै नेपाली काँग्रेसका साथीहरु लागिरहेका छौँ । हामी सबै लागेर यस संसदको अधिवेशनमै पास गर्ने उद्देश्य राखेर अघि बढेका छौँ । ललितपुरको नेपाली कांग्रेसमा शिक्षकहरुको भूमिका महत्वपूर्ण छ’ उनले भने, ‘आजको दिनमा पनि शिक्षकहरुको तलब, सरकारी शिक्षकहरुको भन्दा निजी क्षेत्रमा पढाउने भन्दा धेरैजसो कुनै कुनै ठूला निजी स्कुलमा बढी होला नत्र धेरै तलब सरकारी स्कुलमा पढाउने शिक्षककै रहेको छ । तर पनि सरकारी विद्यालयमा विद्यार्थीको संख्या घटेको छ ।’

सरकारी विद्यालयम अध्ययन गराउने शिक्षकहरुको सेवा सुविधा बढी भएपनि निजी विद्यालयको भन्दा सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जानु गम्भीर विषय भएको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप