चुनावको चिन्ता नलिई काममा केन्द्रित हुन जरुरी छ : महामन्त्री शर्मा
टक्सार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताएका छन् । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा आज उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’ बाट मुलुकमा केही पनि कायापलट नहुने भन्दै त्यसले कांग्रेसलाई कुनै असर नगर्ने स्पष्ट पारे ।
“लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो”, उनले भने । उनले राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको बताए ।
“अरुले के गरेभन्दा पनि संयमतापूर्वक कांग्रेस अगाडि बढ्न आवश्यक रहेको छ”, महामन्त्री शर्माले भने, “नयाँ आएका ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमति बाजाको छुट्टै महत्व छ ।”
शर्माले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकसम्म सांसद भएको व्यक्तिलाई पुनः सोही पदको अवसर नदिने नीति ल्याउन सकिएमा पद्धतिको विकासमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण