प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा
काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा गरेर उक्त उपाधिमा कब्जा जमाएका हुन् ।
यो उपाधिसँगै धावक मगरले पुरस्कारस्वरुप रु तीन लाख र यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । सशस्त्र प्रहरी बलका सहायक हवल्दार किरणसिंह बोगटीले दुई घण्टा २३ मिनेट १५ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थानसहित रु दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
नेपाली सेनाका प्यूठ राजन रोकायाले उक्त दौड दुई घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गरेर तेस्रो स्थानसहित रु एक लाख प्राप्त गरेका छन् । प्रतियोगितामा दशौँ स्थान हासिल गर्न सफल धावकलाई रु पाँच हजारदेखि ५० हजारसम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।
एक्काइस किलोमिटर हाफ महिला म्याराथन, सोही विधामा पुरुष स्पर्धा, सैनिक महाविद्यालयका छात्रछात्रातर्फको १० किलोमिटर दौड, सैनिक अधिकृत महिला र पुरुष तथा सैनिक सहचारी कार्यालयका पदाधिकारीको १० किलोमिटर दौडका विजयीलाई पनि पदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
विभिन्न विधामा विजयी भएका धावकलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, अवकाशप्राप्त महारथी राजेन्द्र क्षेत्री, बलाधिकृत रथी अशोकराज सिग्देललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण