मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरीको अवस्था गम्भीर
आइतबार, २० फागुन २०८०, ११ : ४८
विराटनगर । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए ।
मेचीनगर–५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।
दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिकिस्त अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणीमा हाम फालेको व्यक्तिको सकुशल उद्धार
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
-
केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा
-
ईभी काण्डमा संसदीय छानबिन समिति गठन गर्न एमालेको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण