दुर्घटना
वीरेन्द्रनगरमा होटलको छतबाट खसेर एक जनाको मृत्यु
आइतबार, २० फागुन २०८०, १४ : १८
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन्।
वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका (एसपी) एवम् प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार प्रहरीलाई आज बिहान ८ः ३० बजे जानकारी गराइएको थियो ।
हाल उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण