शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

आइतबार, २० फागुन २०८०, २० : ४४
आइतबार, २० फागुन २०८०

काबुल । अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

"वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । साथै चिसो मौसमजन्य प्रकोपका कारण ६३७ घरहरू ध्वस्त भएका छन् भने १३ हजार ८८९ वटा गाईबस्तु मरेका छन्," राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सेकले आइतबार बताए ।

थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपक्षीलाई घाँस लगायतका खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । 

अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ जसले ठूलो क्षति निम्त्याएको छ । - (रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप