अफगानिस्तानमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
आइतबार, २० फागुन २०८०, २० : ४४
काबुल । अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
"वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । साथै चिसो मौसमजन्य प्रकोपका कारण ६३७ घरहरू ध्वस्त भएका छन् भने १३ हजार ८८९ वटा गाईबस्तु मरेका छन्," राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सेकले आइतबार बताए ।
थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपक्षीलाई घाँस लगायतका खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए ।
अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ जसले ठूलो क्षति निम्त्याएको छ । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण