मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण
ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो ।
समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए । जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको छ । उपभोक्ता समितिद्वारा स्थानीय स्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको अध्यक्ष लेछर्बोले जानकारी दिए ।
उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले बताए । एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण