रोनाल्डोभन्दा पहिले उनका छोराले उपाधि चुमाए अल नासरलाई
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । यी पोर्चुगिज स्टारले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेर महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । ३९ वर्षीय रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सलाई घरेलु लिगको उपाधि समेत चुमाइसकेका छन् ।
यसका अतिरिक्त उनले युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि पनि पाँचपटक चुमिसकेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि पनि चुमाइसकेका छन् ।

हाल उनी साउदी अरेबियाको ब्यवसायिक लिग खेल्छन् । उनी सन् २०२३ मा साउदी क्लब अल नासरमा आबद्ध भएका हुन् । तर, रोनाल्डोले हालसम्म अल नासरलाई घरेलु लिगको उपाधि भने चुमाउन सकेका छैनन् । तर, उनका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले भने आफ्ना पिताभन्दा पहिले नै साउदी अरेबियाको ब्यवसायिक लिगमा उमेर समूहको उपाधि जितिसकेका छन् । रोनाल्डोका छोराले अल नासरको जुनियर टोलीलाई यू–१३ लिगको उपाधि जिताएका हुन् ।
रोनाल्डो जुनियर सम्मिलित अल नासरको टोलीले आइतबार राति यू–१३ लिगको उपाधि जितेको हो । रोनाल्डो जुनियर अल नासरको यू–१३ टोलीका कप्तान पनि हुन् । उपाधि जितपछि रोनाल्डो जुनियरले टोलीका अन्य खेलाडीसँग ट्रफीसहित तस्बिर खिचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण