शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

मङ्गलबार, २२ फागुन २०८०, ११ : ४०
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौं ।  चितवन र नवलपरासी पश्चिममा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार  चितवनको भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ५३ वर्षीय ओम बहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 
यसैगरी नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-२ गुदरीयास्थित सार्वजनिक चौतरीमा अन्दाजी ४० वर्षीय पुरूष पनि मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप