हिमपात र भारी वर्षाले पाकिस्तानमा ३५ जनाको मृत्यु
मङ्गलबार, २२ फागुन २०८०, १६ : २२
इस्लामावाद । पाकिस्तानमा अचानक भएको हिमपात र भारी वर्षाका कारण ३५ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिका पनि परेका छन् । जमिन भासिँदा कयौँ भवनहरू माटोले पुरिएका छन्। देशको उत्तरी र पश्चिमी क्षेत्रमा भारी हिमपात र वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै सयौँ घर डुबानमा परेका छन् ।
मार्चमा अचानक हिमपात र भारी वर्षा भएपछि मौसमविद्हरू पनि आश्चर्यमा परेका छन् । स्थानीयहरू पनि छक्क परेका छन् । उत्तर पश्चिम खैबर पख्तूनख्वामा भारी वर्षाका कारण कम्तीमा पनि १५० घरहरू पूरै ध्वस्त भएका छन् भने ५०० भवनहरूमा क्षति पुगेको बताइएको छ । सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वाको बलुचिस्तान प्रान्तमा भएको छ । यहाँका केही जिल्लामा विद्युत् आपूर्ति पूरै ठप्प भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण