कांग्रेसले भन्यो– हाम्रो कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्रीको भनाइलाई अस्वीकार गर्छौँ
काठमाडौँ । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिएका हुन् ।
प्रवक्ता महतले कांग्रेस र कांग्रेसका मन्त्रीहरूले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए । आफूहरूलाई बहाना बनाएर प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गरेको उनको बुझाई थियो । उनले आफूले प्रधानमन्त्री प्रचण्डकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए ।
उनले भने,‘यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरूको आफ्नो मक्सद होला । त्यसको चाहिँ कारण होला । तर हामी कारण होइन । नेपाली कांग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली कांग्रेस र हामीले अस्वीकार गर्छौँ । र, उहाँको मक्सद अरू नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन ।’
प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरू नै केही भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण