पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने देखियो : कप्तान रोहित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने आवश्यक औँल्याएका छन् ।
त्रिदेशीय ट्वान्टी–२० श्रृंखलाको फाइनलमा नेदरल्याण्ड्ससँग हार व्यहोरेपछि रोहितले करिब १५ रन जति लक्ष्य कम भएको उल्लेख गर्दै बलिङमा पनि कमजोरी देखिएको औँल्याएका हुन् । यद्यपि, उनले आगामी विश्वकप अगाडि धेरै पक्षमा सुधार गर्ने विश्वास व्यक्त गरेका छन् । राम्रो शुरुवात पाए पनि लगातार विकेट पतनपछि दुई सय रन आसपासको लक्ष्य बनाउने योजना सफल नभएको कप्तान रोहितले बताए । उनले पछिल्ला खेलमा नामिबिया र डच टोलीबिरुद्ध हातमा आएको खेल नियन्त्रण लिएको प्रसंग कोट्याए ।
यद्यपि, फाइनलमा भने राम्रो मोमेन्टलाई जोगाउन नसकेको रोहितको धारणा थियो । ब्याटिङ गर्न राम्रो विकेट रहे पनि त्यसमा नेपाल चुकेको कप्तान रोहितले बताए । उनले डेथ ओभरमा बलिङ गर्न चुनौती रहने उल्लेख गरे । तीव्र गतिका बलर अविनाश बोहोराले डेथ ओभरमा राम्रो बलिङ गर्न सकेकनन् । तर रोहितले अविनाशले त्यो जिम्मेवारी पूरा गर्नसक्ने विश्वासमा टोली रहेको बताए । उनले करण केसी र अविनाशले आगामी दिनमा जिम्मेवारी लिएर आगामी खेलमा राम्रो बलिङ गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ गर्दा अन्तिम ओभरतिर आफ्नो टोली असफल भएको धारणा राखे ।
त्यस कारण पनि टोलीको लक्ष्यमा १५ रन जति कम भएको मोन्टीको भनाई थियो । दबाबमा बलिङ र ब्याटिङ गर्ने क्षमता कमि देखिएको प्रशिक्षक मोन्टीले औंल्याए । यद्यपि खेल्दै जाँदा त्यो पक्षमा सुधार आउने उनको विश्वास छ । उनले विश्वकप अगाडि धेरै पक्ष सुधार हुने आशा राखेका छन् । ट्वान्टी–२० विश्वकपका लागि समय रहेकाले त्यसअगाडि एक्सपेरिमेन्ट हुँदै जाने प्रशिक्षक मोन्टीले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण