सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

४० लाखको खैरो हेरोइनसहित ३ जना भारतीय नागरिक पक्राउ

मङ्गलबार, २२ फागुन २०८०, २० : ०१
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच घर भएका २१ वर्षीय ईरफान कुरेसी, १८ वर्षीय रिजवान कुरेसी र कार चालक २७ वर्षीय मोहम्मद खली खाँ छन् ।

उनीहरूको साथबाट १०३ ग्राम ३ सय मिलिग्राम खैरो हेराइन बरामद गरिएको बाँकेका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । वरिष्ठ प्रहरी नायव निरीक्षक सुशील रावल नेतृत्वको टिमले मंगललबार दिउँसो भारतीय नम्बरको कार चेकजाँच गर्दा सो परिमाणको खैरो हिरोइन भेटिएको हो । प्रहरीले युपी–३२ डिके ६७५ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ ।

बरामद लागुऔषधको मूल्य नेपाली बजारमा करिब ४० लाख रुपैयाँ पर्छ । आरोपीहरू विरुद्ध लागुऔषध नियन्त्रण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप