४० लाखको खैरो हेरोइनसहित ३ जना भारतीय नागरिक पक्राउ
मङ्गलबार, २२ फागुन २०८०, २० : ०१
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच घर भएका २१ वर्षीय ईरफान कुरेसी, १८ वर्षीय रिजवान कुरेसी र कार चालक २७ वर्षीय मोहम्मद खली खाँ छन् ।
उनीहरूको साथबाट १०३ ग्राम ३ सय मिलिग्राम खैरो हेराइन बरामद गरिएको बाँकेका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । वरिष्ठ प्रहरी नायव निरीक्षक सुशील रावल नेतृत्वको टिमले मंगललबार दिउँसो भारतीय नम्बरको कार चेकजाँच गर्दा सो परिमाणको खैरो हिरोइन भेटिएको हो । प्रहरीले युपी–३२ डिके ६७५ नम्बरको कार पनि नियन्त्रणमा लिएको छ ।
बरामद लागुऔषधको मूल्य नेपाली बजारमा करिब ४० लाख रुपैयाँ पर्छ । आरोपीहरू विरुद्ध लागुऔषध नियन्त्रण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण