सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस  त्रिशूली नदीमा खस्यो, १३ जनाको जीवितै उद्धार

बुधबार, २३ फागुन २०८०, ०६ : ३९
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे  बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो । 

नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । 

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप