दुर्घटना
काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो, १३ जनाको जीवितै उद्धार
बुधबार, २३ फागुन २०८०, ०६ : ३९
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।
नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण