शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आईभीएफबारे चार भ्रम

बुधबार, २३ फागुन २०८०, १० : २२
बुधबार, २३ फागुन २०८०
  • डा. नेहा होमागाई, इन्दिरा आईभीएफ, नेपालकी प्रमुख प्रजनन विशेषज्ञ तथा केन्द्र प्रमुख

हालैका वर्षहरूमा इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) व्यापक रूपमा प्रयोगमा आएको प्रभावकारी प्रजनन उपचार बन्दै आएको छ । अभिभावक बन्ने आफ्नो सपना पूरा गर्न चाहने व्यक्ति र दम्पतीहरू माझ यो विकल्प खोजी बढेको छ । यस्तो स्थितिमा आईभीएफसम्बन्धी महत्त्वपूर्ण तथ्यहरू बुझ्नु आवश्यक छ । यसबारे इन्दिरा आईभीएफ, नेपालकी केन्द्र प्रमुख तथा वरिष्ठ प्रजनन विशेष डा. नेहा होमागाईले यसबारे संक्षिप्त धारणा राखेकी छिन् । जुन यस प्रकार छः

के हो आईभीएफ ?

आईभीएफ एक खालको प्रजनन उपचार हो जसमा अन्डा र शुक्राणुलाई शरीर बाहिर प्रयोगशालामा एउटा भाँडोमा राखेर मिलाइन्छ । अन्डा निषेचित भएपछि बनेको भ्रूणलाई पाठेघरमा राखिन्छ ।

आईभीएफ भन्ने शब्द सुन्दा खेरि निकै जटिल जस्तो लाग्न सक्छ । तर यो कयौँ दम्पतीहरूलाई सन्तान जन्माउने चाहना पूरा गर्ने सरल विधि हो । तर यसबारे अधिकांशलाई जानकारी नहुन सक्छ वा भएपछि कम ज्ञान हुन सक्छ । कयौँको जीवन परिवर्तन गर्न सक्ने यो प्रक्रियासम्बन्धी केही तथ्यहरू प्रकाश पार्न चाहन्छु ।

भ्रमहरूको चिरफार!

१. भ्रम: आईभीएफ केवल वृद्ध दम्पतीका लागि मात्रै हो ।

तथ्य: प्राकृतिक रूपबाट गर्भधारण गर्न उमेरको महत्त्वपूर्ण भूमिका हुन सक्छ । तर आईभीएफले विविध उमेर समूहका दम्पतीलाई उनीहरूले गर्भधारणमा सामना गरिरहेको चुनौतीहरू समाधान गर्न मद्दत गर्न सक्छ ।

२. भ्रम: आईभीएफबाट जहिले पनि जुम्ल्याहा वा तिम्ल्याहा बच्चा नै जन्मिन्छन् ।

तथ्य: प्राविधिक रूपमा यो सम्भव छ । तर आधुनिक आईभीएफसम्बन्धी अभ्यासहरूमा प्रायः एकै पटकमा धेरै शिशुहरू जन्माउँदा हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्ने प्रयास भइरहेका छन् ।

३. भ्रम: आईभीएफबाट बच्चा जन्मिने ग्यारेन्टी हुन्छ ।

तथ्य: प्राकृतिक गर्भाधानमा जस्तै आईभीएफमा पनि व्यक्तिगत कारकमा सफलता दर निर्भर हुन्छ । यो जादुको छडी नै होइन । तर यसले कयौँ दम्पतीहरूको गर्भधारणको सम्भावना बढाएको छ ।

४. भ्रम: आईभीएफ अप्राकृतिक र जोखिमपूर्ण छ ।

तथ्य: आईभीएफ व्यापक अनुसन्धान र अनुभवद्वारा विकसित राम्रो चिकित्सा विधि हो । यसमा सम्भावित साइड इफेक्टहरू हुँदाहुँदै पनि यी समस्याहरूको समाधान गर्न सकिन्छ र डाक्टरहरूसँग यसबारे विस्तारमा छलफल गरिन्छ ।

स्मरण गर्नु  कुराहरू:

  • आईभीएफ तपाईंको लागि सही छ कि छैन भनेर बुझ्न प्रजनन विशेषज्ञसँग कुराकानी गर्नु सबैभन्दा राम्रो तरिका हो ।
  • आईभीएफका पनि विभिन्न विधिहरू छन् । हरेकका आ–आफ्नै गुण र अवगुण छन् । यी सबै विकल्पहरूबारे डाक्टरले तपाईंलाई राम्रोसँग बताउन सक्छन् ।
  • प्रश्न सोध्न कहिले नडराउनुस् । ज्ञान नै शक्ति हो, र यससम्बन्धी प्रक्रियाहरू बुझ्नाले आईभीएफबारे उत्पन्न चिन्ताहरू कम गर्न सकिन्छ ।

आईभीएफ चिकित्सा क्षेत्रमा भएको एउटा यस्तो चमत्कार हो जसले बढाउने चाहनाहरू कयौँ दम्पतीका लागि सुनौलो ढोका खोलिदिएको छ । आईभीएफबारे सर्वसाधारणहरूमा व्याप्त भ्रमहरू चिरेर अनि तथ्यहरू राम्ररी बुझाउँदा आफ्नो गर्भधारणसम्बन्धी  भावी यात्राबारे सुसूचित विकल्प चयन गर्न दम्पतीहरुलाई सहज हुन्छ ।  

बाँझोपनाको समस्या भोगिरहेकाका लागि आईभीएफले आशा जगाएको छ । तर यस प्रक्रियाबारे साकार हुन सक्ने अपेक्षा विकास गर्नु र गुणस्तरीय मेडिकल टिमको सपोर्ट हासिल गर्नु चाहिँ जरुरी छ । इन्दिरा आईभीएफ नेपाल, प्रजननसम्बन्धी समस्या समाधान गर्न समर्पित एक सेवा प्रदायक हो । उपचारका कयौँ विधिहरू दिएर यसले आफ्नो प्रतिबद्धता समेत प्रकट गरिसकेको छ । यसले उपलब्ध गराउँदै आएका विविध विधिहरू हरेक दम्पतीको अभिभावक बन्ने सपना पूरा गर्ने ‘युनिक’ यात्रामा सहयोग गर्न र सन्तानोत्पादन सपना साकार पार्न समर्पित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप