छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ घांटबेशीस्थित सडकमा कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेका लु।२ ख २१२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटना स्थलबाट उद्धार गरिएका ३९ जना घाइतेमध्ये २९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गजुरी अस्पतालमा उपचार भइरहेको छ भने १० जनालाई थप उपचारको लागि काठमाडौँतर्फ पठाइएको छ । सामान्य घाइते भएका बस चालकलाई उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा।२ क ६२४ नम्बरको मिनी ट्रक पल्टिएर मङ्गलवार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२२ फर्सडोल बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका–११ भोजाडस्थित सडकमा प्रदेश २–०३–००१ ख ३७९८ नम्बरको टिपरले ना।३९ प २१०२ नम्बरको मोटरसाइकललाई मङ्गलवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–११ नवजीवन टोल बस्ने ३८ वर्षीय प्रेम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकल र बा.प्र.०६-००२ प ७६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएकोमा पुनस् उक्त टिपरले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो । तीनवटै सवारी साधन, टिपर चालक र बा.प्र.०६–००२ प ७६५ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका–३ समादैजीस्थित सडकमा भे।१ क २११४ नम्बरको ट्रक र म.२ प ८५८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मङ्गलवार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय पुरन रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-४ धर्मपुरस्थित सडकमा लु९ प १८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश भरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, महागढीमाई नगरपालिका–९ पिप्रास्थित सडकमा बीआर ०५ एक्स ६७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय दरोगा बैठाको मङ्गलवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण