बारामा यस वर्ष २२ लाख क्विन्टल उखु क्रसिङ
बारा । बाराको कलैया १६ स्थित रिलायन्स सुगर मिलले यस वर्ष २२ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । मंसिर अन्तिम साताबाट सञ्चालनमा आएको मिलले हालसम्म बारा र पर्साका ८ हजार किसानहरूको हालसम्म २२ लाख क्विन्टल उखु क्रसिङ गरेको हो ।
मिलका प्रबन्धक शैलेन्द्र गुप्ताले यस वर्ष बारा र पर्साका किसानले रौतहट र सर्लाहीका सुगर मिलमा समेत उखु बिक्री गरेकोले अपेक्षा गरे अनुसारको उखु मिलमा नआएको बताए । यस वर्ष उखुमा रोग कम भएकाले ३० देखि ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य लिएको मिलले जनाएको छ ।
‘यति हजार उखु मिल्छ भनेर अनुमान भयो भने मात्रै मिल समयमै चलाउन, प्लान्ट विस्तार गर्न र लगानी बढाउन पनि हामीलाई सजिलो हुन्छ,’ प्रबन्धक गुप्ताले भने ।
उखु किसानहरूलाई मिलले हालसम्म ९८ करोड ७९ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरिसकेको मिलले जनाएको छ । रौतहट र सर्लाहीका मिलमा बारा र पर्साबाट ४ देखि ५ लाख क्विन्टल उखु लिएमा यस वर्ष रिलायन्स सुगर मिलले अधिकतम २८ लाख क्विन्टल उखु क्रसिङ गर्ने मिलले जनाएको छ ।
गत वर्ष पुस १० गतेदेखि फागुन मसान्तसम्म मिल सञ्चालन हुँदा १९ लाख ३५ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष उखुको उत्पादन राम्रो भएकाले चैत पहिलो सातासम्म मिल चल्ने प्रबन्धक शैलेन्द्र कुमार गुप्ताले बताए ।
यस वर्ष उखुको मूल्य प्रति क्विन्टल मिलले ५ सय ६५ रुपैयाँ र नेपाल सरकारले दिने ७० रुपैयाँ अनुदान गरेर ६३५ रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्ष सरकारले प्रतिक्विन्टल उखुको मूल्य अनुदान सहित ६१० रुपैयाँ तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण