सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जाँदाजाँदै निवर्तमान मन्त्री श्रेष्ठले भने– मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया कमजोर नहोस्

बुधबार, २३ फागुन २०८०, १६ : १३
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुलाई न्याय दिने प्रक्रिया कमजोर बनाउन नहुने बताएका छन् ।  

बुधबार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरुलाई न्याय दिनको निम्ति सकारात्मक भुमिका खेलेको बताएका हुन् । उनले आयोग र कानुन बनाउँदै सरकार अगाडि बढेको भन्दै पछि सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडि बढाइएको बताए ।

उनले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताए । उनले यो कामलाई फत्ते गर्नैपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत हुन पनि बताए । उनले पीडितलाई न्याय दिने काम निरन्तर रुपमा अगाडि बढाउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले संघीयता र प्रहरी समायोजन नगर्ने कुरा साथसाथै जान नसक्ने भन्दै प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए । उनले बुद्धिमता ढंगले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप