प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न– तपाईँबाट धोका पाएकाहरु एक ठाउँमा मिले भने तपाईँको हालत के होला ?
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने प्रधानमन्त्रीको हालत के होला भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रचण्डले धोका दिएको विषय अहिलेको सत्ता गठबन्धन दल नेकपा एमालेले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेको पढेर सुनाए ।
प्रमुख सचेतक लेखकले भने,‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । यो मेरो कुरा हैन दस्ताबेजबाट लिएको । गठबन्धन भत्कँदा लेखिएको रहेछ, ‘माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामी माथि पटक पटक धोका भएको छ ।’ भनेर लेखेको छ । यसलाई कसरी लिनुहुन्छ । पार्टीहरुले आफ्नो दस्ताबेजमा त लेख्दो रहेछ त ।’
उनले प्रधानमन्त्रीले धोका दिन बाँकी दल नै नरहेको बताए ।
लेखकले भने,‘अब म के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेनन् । तर एकचोटी सोच्नु, यी धोका पाएकाहरु तपाईँको विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, ख्याल गर्नुहोला ।’
उनले कांग्रेसको महासमिति बैठकमा प्रवेश नै नगरेको हिन्दु धर्मको विषयलाई गठबन्धन तोड्नुको कारण देखाउनु बहानाबाजी मात्र भएको बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनाउने कुरामा कांग्रेसले सहयोग गरिरहेको अवस्थामा कसका कारण कसरी रोकियो भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण