आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

शुक्रबार, २५ फागुन २०८०, १६ : २६
शुक्रबार, २५ फागुन २०८०

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, चितवन,रूपन्देही, रौतहट र ललितपुरमा सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको हो । 

मृत्युहरुमा नुवाकोट, रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादव, पर्सा वीरगंज महानगरपालिका–३ घर भएका ४० वर्षीय अमरदेव महतो, कपिलवस्तुका 

 २४ वर्षीय राजमन लोनिया, रौतहट,मिठुअवा बस्ने ३५ वर्षीय धर्मेन्द्र राम, रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार राय रहेका छन् । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप