राज्यमन्त्री पद खोसिएपछि चौधरीले भने- सल्लाह नै नगरी हटाइयो
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार राति मन्त्रीमण्डल विस्तार गरेका छन् । एक विनाविभागीयसहित ३ मन्त्री नियुक्त गर्दै उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिँदै उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
तर मुख्यमन्त्री शाह र नाउपाका संरक्षणक रेशमलाल चौधरीले सरसल्लाह बिना नै एकलौटी र हतारमा मन्त्रीमण्डल विस्तार गरेको पाइएको छ । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका नाउपाका नेता कैलाश चौधरीले मन्त्रीमण्डल विस्तार गरेको समाचार पढेर मात्रै थाहा पाएको बताएका छन् ।
रातोपाटीसँग निवर्तमान राज्यमन्त्री चौधरीले भने, ‘समाचार हेरेर थाहा पाइयो । म राज्यमन्त्रीबाट हटाइएको रहेछु । यसबारे पार्टीभित्र पनि कुनै सल्लाह भएन ।’ उनको ठाउँमा नाउपाकै सांसद गिरीलाई जिम्मेवारी दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण