अमेरिकाले भन्यो, ‘युएफओ देखिएको घटना गोप्य सैन्य परीक्षण’
वासिङ्टन । पेन्टागनको प्रतिवेदनले सन् १९५० र ६० को दशकमा अमेरिकी जासुसी विमान र अन्तरिक्ष प्रविधिको परीक्षणका कारण यूएफओ देखिने घटनामा वृद्धि भएको निष्कर्ष निकालेको छ। अधिकारीहरूले अमेरिकी सरकारले एलियन जीवनको सामना गरेको ‘कुनै प्रमाण’ नभएको स्पष्ट पारेका हुन्।
शुक्रबार कांग्रेसमा पेश गरिएको प्रतिवेदन अनुसार यूएफओका धेरैजसो दृश्यहरू पृथ्वीकै सामान्य वस्तुहरू थिए। तर पेन्टागनका अधिकारीहरूले उनीहरूको अनुसन्धानले एलियन आगन्तुकहरूको बारेमा लोकप्रिय विश्वासलाई रोक्न नसक्ने स्वीकार गरेका छन् ।
यो प्रतिवेदन अमेरिकी सरकारद्वारा यूएफओको जाँच गर्ने व्यापक सार्वजनिक प्रयासको हिस्सा हो, अधिकारीहरूले तिनीहरूलाई ‘अपरिचित विसंगत घटना’ (यूएपी) भन्छन् । यसमा नासाका अधिकारीहरूसँग सार्वजनिक बैठकहरू र कंग्रेसमा गरिएका सुनुवाइहरू समावेश छन्।
सन् २०२१ मा गरिएको ग्यालप पोलका अनुसार ४० प्रतिशतभन्दा बढी अमेरिकीहरूले एलियन स्पेसक्राफ्टले पृथ्वीको भ्रमण गरेको ठान्छन् । यो सङ्ख्या दुई वर्षमा ३३ प्रतिशतबाट ह्वात्तै बढेको थियो। –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण