बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा भारी वर्षापछिको बाढी र पहिरोमा तीन जनाले ज्यान गुमाए, दश जना बेपत्ता

शनिबार, २६ फागुन २०८०, ०८ : २४
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । अत्यधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् । स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन् ।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपत्कालीन इकाईका प्रमुखले बताएका छन् ।

बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौँ मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए । ‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने ।

सुकमाले बिहीबारबाट बाढी सुरु भए पनि अहिले पानी कम हुन थालेको र  विपद् प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, औषधि र अन्य सामग्री पुर्याइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप