मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला
शनिबार, २६ फागुन २०८०, १४ : २६
राजविराज । कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
पुलको तल शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
-
शुक्लाफाँटामा ‘ग्रीन एण्ड क्लीन’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण