अन्तिम टेस्टमा पनि इंग्ल्याण्ड विशाल अन्तरले पराजित
धर्मशाला । भारतविरुद्धको पाँचौँ र अन्तिम टेस्टमा इंग्ल्याण्ड एक इनिङ्स र ६४ रनको विशाल अन्तरले पराजित भएको छ । दोस्रो इनिङ्समा टोली मात्र १ सय ९५ रनमा समेटिएको हो ।
टोलीका लागि जो रुटले सर्वाधिक ८४ रनको योगदान दिए । उनले १२८ बलको सामना गर्दै १२ चौका हिर्काए । उनीबाहेक जोनी बेयर्स्टोले ३९ रन तथा टम हार्टलीले २० रन बनाए । ओली पोपले १९ रन र शोएब बसिरले १३ रन हिर्काए ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न रविचन्द्रन अश्विनले ५ विकेट लिए । उनले १४ ओभर बलिङ गर्दै ७७ रन खर्चिए । १ सयौँ टेस्ट खेलिरहेका उनले दुवै इनिङ्स गरेर ९ विकेट हात पारे त्यस्तै, जसप्रित बुमराह र कुलदीप यादवले २–२ विकेट लिए भने रवीन्द्र जडेजाले १ विकेट हात पारे ।
खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पालीमा २१८ रन बनाएको थियो । जवाफमा भारतले कप्तान रोहित शर्मा र शुभमन गिलको शतकको मद्दतले ४ सय ७७ रनको विशाल योगफल तयार गरेको थियो ।
जीतसँगै शृङ्खलामा भारत ४–१ ले विजयी बन्यो । पाँच खेलको शृङ्खलाको पहिलो टेस्टमा इंग्ल्याण्ड २८ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा पुनरागमन गर्दै भारतले १०६ रनको जीत हासिल गर्यो । तेस्रो टेस्ट ४३४ रनले जितेको भारतले चौथो टेस्ट ५ विकेटले आफ्नो कब्जामा पार्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण