सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भएको छ : अध्यक्ष ओली

शनिबार, २६ फागुन २०८०, १५ : ३६
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् । शनिवार काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए ।

अवस्था परिवर्तन नभएको भन्ने हल्ला मा चलेको उल्लेख गरे ।  पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए । 

ओलीले भने– ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’

उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्‍याउनुपर्ने जिम्मेवारी रहेको बताए । महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप