व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भएको छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् । शनिवार काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए ।
अवस्था परिवर्तन नभएको भन्ने हल्ला मा चलेको उल्लेख गरे । पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए ।
ओलीले भने– ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’
उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्याउनुपर्ने जिम्मेवारी रहेको बताए । महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण