मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

लोड अनलोड मजदुरको प्रश्न : हामी सामाजिक सुरक्षामा कहिले ?

शनिबार, २६ फागुन २०८०, २० : ०४
शनिबार, २६ फागुन २०८०

पोखरा । कृषि उपज बजार, तरकारी तथा फलफूल मण्डि, हार्डवेयर तथा भन्सार गोदामहरूमा काम गर्ने लोड अनलोड मजदुरहरूले आफूहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

शनिवार पोखरामा सम्पन्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन लोड अनलोड तथा ढुवानी समन्वय समितिको राष्ट्रिय भेलामा देशभरबाट सहभागी मजदुरहरूले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन आफूहरू इच्छुक रहेको जनाउँदै योगदान रकमको जोहो गरिदिन सरकारसँग माग गरेको हो । 

पोखरास्थित तरकारी फलफूल मण्डिमा काम गर्ने ४० जना लोडअनलोड गर्ने मजदुरहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएको उदाहरण प्रस्तुत गर्दै देशभर रहेका सबै मण्डि, हार्डवेयर, गोदाम तथा बसपार्कहरुमा काम गर्ने लोडअनलोड मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्ने भेलाको निष्कर्ष रहेको छ । 

majdur

भेलाले लोड अनलोड तथा ढुवानी क्षेत्रका देशभरका कार्य थलोका समस्याहरूलाई सूत्रबद्ध गर्ने, पोखरापछि चितवनको भरतपुर लगायत देशभरिका मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन अभियान सञ्चालन गर्ने र स्थानीय तहमा श्रम डेस्क स्थापना तथा श्रमिकहरूको सूचीकरणका लागि सरकारका तीनवटै तहहरूमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

उक्त भेलाले देशभरि असारसम्म १३ वटा कमिटीहरू निर्माण गर्ने ५ सय मजदुरहरूलाई संगठनको सदस्यता वितरण गर्ने पनि निर्णय गरेको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य चूडामणि जंगली विकको प्रमुख आतिथ्यतामा भएको भेलामा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सङ्गठन सुदृढीकरण र विस्तार रणनीति प्रस्तुत गरेका थिए ।

संगठनका महासचिव केशव थापाले सञ्चालन गरेको कार्यक्रममा लोडअनलोड क्षेत्रका इन्चार्ज विष्णुबहादुर पराजुलीले स्वागत गरेका थिए ।

भेलाले निम्नानुसारको लोडअनलोड तथा ढुवानी समन्वय समिति गठन गरेको छ ।

संयोजक– ओमलाल थिङ

सहसंयोजक– पित्मबहादुर पौडेल

सचिव– राजन ढकाल

कोषाध्यक्ष– जीवन ठटाल

सदस्य– आइत तामाङ, (अध्यक्ष हेटौडा लोडअनलोड इकाई)

सदस्य– अमरसिंह वाइबा (उपाध्यक्ष चितवन तरकारी फलफूल ढुवानी इकाई)

सदस्य– बलबहादुर लिम्बू (अध्यक्ष लोडअनलोड इकाई) 

सदस्य– भेषराज अधिकारी (अध्यक्ष पोखरा फलफूल ढुवानी इकाई)

सदस्य– जुक्तबहादुर लिम्बु, (अध्यक्ष तीनकुने लोडअनलोड इकाई धरान)

सदस्य– रामकुमार सरदार (अध्यक्ष इटहरी लोडअनलोड इकाई)

सदस्य– अध्यक्ष नवलपुर लोडअनलोड इकाई सर्लाही

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप