आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, २७ फागुन २०८०, १० : २८
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन् ।

सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे सवार बागमती प्रदेश–०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–४ घर भएका ३७ वर्षीय बिनोद प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप