भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, २७ फागुन २०८०, १० : २८
काठमाडौँ । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन् ।
सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे सवार बागमती प्रदेश–०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–४ घर भएका ३७ वर्षीय बिनोद प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण