राजनीति
कांग्रेसको प्रस्ताव अस्वीकृत, राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ मै हुने
आइतबार, २७ फागुन २०८०, १२ : ४१
काठमाडाैँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।
यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।
अध्यक्षका लागि भोलि उम्मेदवारी दिनुपर्ने कार्यतालिका रहेपनि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने लगाइसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण