सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र
काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
‘सरकारको आगामी नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नका लागि संयन्त्र गठन गरेको हो । सबै दलबाट दुई/दुई जना सदस्य रहने गरी संयन्त्र बनाइएको छ’, उनले भने ।
एमालेबाट रिमालसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल रहेका छन् ।
यसै गरी यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् । फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग गठबन्धन गरेका थिए । यसअघि मन्त्रालय भागबन्डाका लागि बनाइएको चार सदस्यीय कार्यालयलाई नै विस्तार गरेर संयन्त्र बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण