सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
‘सरकारको आगामी नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नका लागि संयन्त्र गठन गरेको हो । सबै दलबाट दुई/दुई जना सदस्य रहने गरी संयन्त्र बनाइएको छ’, उनले भने ।
एमालेबाट रिमालसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल रहेका छन् ।
यसै गरी यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् । फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग गठबन्धन गरेका थिए । यसअघि मन्त्रालय भागबन्डाका लागि बनाइएको चार सदस्यीय कार्यालयलाई नै विस्तार गरेर संयन्त्र बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा
-
‘कर्णालीका छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन आवश्यक’
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का