सावधान ! फोहोर इयरफोनले कानमा सङ्क्रमण

काठमाडौँ । फोहोर एयरफोनको प्रयोग घातक साबित हुन सक्छ । विशेष गरी धेरै जनाले चलाउने हेडफोनका प्रयोग गर्दा कानसम्बन्धी रोग निम्तिन सक्छ । श्रवण क्षमतामै प्रभाव पार्न सक्ने पनि देखिएको छ । फोहोर इयरफोनमा माइक्रोब थुप्रिएर बसेका हुन्छन् । इयरफोनमा ब्याक्टेरिया उत्पन्न हुने र बढ्ने ठाउँ पाउँछन् ।
लामो समयसम्म यस्ता फोहोर इयरफोन प्रयोग गर्दा कानभित्र हानिकारक सुक्ष्मजीवहरू बढ्छन् । यस्तोमा कानमा सङ्क्रमण हुने जोखिम बढ्छ । कान सुन्निने, फोहोर जमेर बस्ने समस्या देखिन थाल्छ । यही स्थिति बढ्दै गयो भने लामो समयसम्म सङ्क्रमण भइरहँदा अस्थायी वा स्थायी रूपमै श्रवणमा समस्या आउन सक्छ ।
इयरफोनमा ब्याक्टेरियाको उपस्थितिले कानमा र वरपरका हिस्सामा छालासम्बन्धी समस्याहरू बढाउँछ । छाला चिलाउने, एलर्जी हुने हुन सक्छ । प्रतिरक्षा प्रणाली कमजोर भएका वा पहिला देखि नै कानमा समस्या भएकाहरूमा फोहोर हेडसेटले समस्या झनै बढाउन सक्छ ।
यस्ता समस्या आउन नदिन सरसफाइमा विशेष ध्यान दिनु पर्छ । त्यसैले बेला बेला हेडफोनको सरसफाइ र निःसंक्रमण गरिरहनु पर्छ । लगातार इयरफोन प्रयोग गर्ने बानी छ भने बेला बेलामा इयरफोन झिकेर कानलाई केही बेर भए पनि आराम दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश