भर्जिनियामा भजन शिरोमणि आचार्यको साङ्गीतिक श्रद्धाञ्जली समारोह सम्पन्न
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको आश्बर्न सहरको एक पुस्तकालयमा भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यलाई श्रद्धासुमन अर्पण गर्दै साङ्गीतिक श्रद्धाञ्जली समारोह आयोजना गरिएको छ । साङ्गीतिक श्रद्धाञ्जली समारोहमा भजन शिरोमणि आचार्यका कालजयी गीतहरू प्रस्तुत गरिएको थियो भने त्यहाँ उनका तस्बिरमा पुष्प गुच्छा तथा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

समारोहको समन्वय गरेका सञ्चारकर्मी सहदेव पौडेलले कार्यक्रमको शुभारम्भ गरेका थिए । डा. अनुप पहाडी तथा दिनेश आचार्यले संक्षेपमा आचार्यको बारेमा धारणा राखेका थिए ।

साङ्गीतिक श्रद्धाञ्जली समारोहमा गायक तथा सङ्गीतकार तथा सत्य तथा स्वरूपका गुरु समेत रहेका श्याम सुन्दर आचार्यले मन्त्रमुग्ध हुने कालजयी प्रख्यात गीतहरू प्रस्तुत गरेका थिए । उनले हजार सपना ,मुटु जली रहेछ ,यहाँ छन् बुद्धका आँखा ,माया मेरी साँझ बनी लगायत करिब आधा दर्जन गीत प्रस्तुत गरे । त्यस्तै गरि कलाकार आयुष पुडासैनीले पनि हजार आँखा हेर्ने एक गीत प्रस्तुत गरेका थिए । गायक श्याम सुन्दर आचार्यलाई दीपक आचार्य, रूपक श्रेष्ठ र आयुष पुडासैनीले साथ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण