मेस्सी अनुपस्थित खेलमा मोन्ट्रियलसँग हार्यो मियामी
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको क्लब इन्टर मियामी पराजित भएको छ । मोन्ट्रियलले आइतबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा इन्टर मियामीलाई ३–२ गोलले हराएको हो ।
उक्त खेलमा अर्जेन्टिनी स्टार मेस्सी भने उपस्थित थिएनन् । मेस्सी घाइते भएका कारण इन्टर मियामीले उनलाई मैदानमा नओरालेको हो । इन्टर मियामीको घरेलु मैदानमा खेल सुरु भएको १३औँ मिनेटमै मोन्ट्रियलले अग्रता लिएको थियो । मोन्ट्रियलका लागि फर्नान्डो अल्भारेजले गोल गरेका थिए ।
सोही गोलका कारण पहिलो हाफमा मोन्ट्रियल अगाडि रह्यो । निर्धारित समयको ७१औँ मिनेटमा गोल गर्दै लियोनार्दो कम्पानाले इन्टर मियामीलाई बराबरीमा ल्याएका थिए । त्यसको चार मिनेटपछि नै पुनः मोन्ट्रियलले अग्रता बनाएको थियो ।
मोन्ट्रियलका लागि दोस्रो गोल खेलको ७५औँ मिनेटमा माटियस कोक्कोरोले गरेका थिए । उनले एमएलएसमा गरेको यो पहिलो गोल हो । निर्धारित समयको ७८औँ मिनेटमा मोन्ट्रियलका लागि सुनुसी इब्राहिमले तेस्रो गोल गरेका थिए ।
इन्टर मियामीका लागि दोस्रो गोल भने खेलको ८०औँ मिनेटमा जोर्डी अल्बाले गरेका थिए । इन्टर मियामीका दुई प्रभावशाली खेलाडी लुइस स्वारेज र सर्जियो बुस्क्वेट्स पनि खेलको प्रारम्भमा बेञ्चमै बसेका थिए । उनीहरु दोस्रो हाफमा परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए ।
जारी सिजनको लिगमा हालसम्म चार खेल खेलेको इन्टर मियामी सात अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । इन्टर मियामीले हालसम्म दुई जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ । जारी सिजनमा इन्टर मियामीले पहिलो हार भोगेको हो ।
मोन्ट्रियल भने तीन खेलबाट सात अङ्क बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । हालसम्म अपराजित मोन्ट्रियलले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । तेस्रो स्थानमा आसिन कोलम्बस, चौथो स्थानको न्यु योर्क रेड बुल्स र टोरन्टोले पनि सात–सात अङ्क जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण