कर्णालीमा माओवादी नेतृत्वको सरकार तत्काल ढल्दैन : इन्चार्ज मल्ल
काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले कर्णाली प्रदेशमा मुख्यमन्त्री तत्काल फेरबदल नहुने बताएका छन् ।
संघमा नयाँ समीकरण बदलिएसँगै कर्णालीको मुख्यमन्त्रीमा एमालेले दाबी गरेपछि इन्चार्ज मल्लसहित प्रदेश मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश अध्यक्ष विमला केसी लगायत नेताहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका नेताहरूले कर्णालीको पछिल्लो अवस्थाबारे प्रचण्डलाई जानकारी गराएका थिए । यद्यपि सरकार फेरबदलको विषयमा कुनै कुरा नभएको मल्लले दाबी गरेका छन् ।
‘अध्यक्षलाई अभियानको रिपोर्ट बुझाउनुबाहेक अन्य विषयमा केही भएको छैन । देशको समसामयिक विषयमा अध्यक्षबाट सुनियो । कर्णालीमा तत्काल सरकार फेरबदल हुँदैन । पार्टीभित्रबाट हेर्दा माओवादी आफै एक नम्बरमा छ । बाहिरबाट हेर्दा हामी दोस्रो पार्टी हो । सिटको हिसाबले एमालेको १० छ । हाम्रो १३ हो । माओवादीको आधार, सिटभार राम्रो कर्णालीमै भएकाले अध्यक्षलाई जानकारी गराइराख्नु कुनै जरुरत छैन । उहाँ आफैले राम्रोसँग बुझ्नु भएको छ’, उनले भने ।
उनले आलोपालोको सिद्धान्तलाई मान्दै बाँकी अडाइ वर्ष सत्ता हस्तान्तरण गर्न विषय स्वाभाविक र प्राकृतिक रहेको उनले बताए ।
एमालेका संसदीय दलका नेता समेत रहेका यमलाल कँडेलले पटकपटक मुख्यमन्त्रीको दाबी गरेपनि सफल हुन सकेका थिएनन् । २०७४ मा एमाले र माओवादीबिच गठबन्धन हुँदा कर्णाली माओवादीले पाएको थियो । २०७७ सालमा एमालेसँग गठबन्धन तोडिएपछि केही समय कांग्रेसले नेतृत्व लियो । २०७९ मा फेरि एमाले र माओवादीबिच गठबन्धन हुँदा कर्णाली माओवादीकै भागमा परेको थियो । पछि कांग्रेससँग सत्ता समीकरण बन्दा पनि यो प्रदेशमा माओवादीले नै निरन्तरता पाएको थियो । फागुन २१ गते कांग्रेससँग सहकार्य भंग भएपछि कर्णालीको मुख्यमन्त्री बन्न कँडेलले तीव्र लबिङ गरेपछि माओवादी कर्णालीका शीर्ष नेताहरू अध्यक्षलाई भेट्न काठमाडौँ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण