बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादी नेतृत्वको सरकार तत्काल ढल्दैन : इन्चार्ज मल्ल

सोमबार, २८ फागुन २०८०, १५ : ५१
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले कर्णाली प्रदेशमा मुख्यमन्त्री तत्काल फेरबदल नहुने बताएका छन् ।

संघमा नयाँ समीकरण बदलिएसँगै कर्णालीको मुख्यमन्त्रीमा एमालेले दाबी गरेपछि इन्चार्ज मल्लसहित प्रदेश मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश अध्यक्ष विमला केसी लगायत नेताहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका नेताहरूले कर्णालीको पछिल्लो  अवस्थाबारे प्रचण्डलाई जानकारी गराएका थिए । यद्यपि सरकार फेरबदलको विषयमा कुनै कुरा नभएको मल्लले दाबी गरेका छन् ।

‘अध्यक्षलाई अभियानको रिपोर्ट बुझाउनुबाहेक अन्य विषयमा केही भएको छैन । देशको समसामयिक विषयमा अध्यक्षबाट सुनियो । कर्णालीमा तत्काल सरकार फेरबदल हुँदैन । पार्टीभित्रबाट हेर्दा माओवादी आफै एक नम्बरमा छ । बाहिरबाट हेर्दा हामी दोस्रो पार्टी हो । सिटको हिसाबले एमालेको १० छ । हाम्रो १३ हो । माओवादीको आधार, सिटभार राम्रो कर्णालीमै भएकाले अध्यक्षलाई जानकारी गराइराख्नु कुनै जरुरत छैन । उहाँ आफैले राम्रोसँग बुझ्नु भएको छ’, उनले भने ।

उनले आलोपालोको सिद्धान्तलाई मान्दै बाँकी अडाइ वर्ष सत्ता हस्तान्तरण गर्न विषय स्वाभाविक र प्राकृतिक रहेको उनले बताए ।

एमालेका संसदीय दलका नेता समेत रहेका  यमलाल कँडेलले पटकपटक मुख्यमन्त्रीको दाबी गरेपनि सफल हुन सकेका थिएनन् । २०७४ मा एमाले र माओवादीबिच गठबन्धन हुँदा कर्णाली माओवादीले पाएको थियो । २०७७ सालमा एमालेसँग गठबन्धन तोडिएपछि केही समय कांग्रेसले नेतृत्व लियो । २०७९ मा फेरि एमाले र माओवादीबिच गठबन्धन हुँदा कर्णाली माओवादीकै भागमा परेको थियो । पछि कांग्रेससँग सत्ता समीकरण बन्दा पनि यो प्रदेशमा माओवादीले नै निरन्तरता पाएको थियो । फागुन २१ गते कांग्रेससँग सहकार्य भंग भएपछि कर्णालीको मुख्यमन्त्री बन्न कँडेलले तीव्र लबिङ गरेपछि माओवादी कर्णालीका शीर्ष नेताहरू अध्यक्षलाई भेट्न काठमाडौँ आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप