सरकारले बनायो मन्त्रिपरिषद् समितिहरू
काठमाडौँ । सरकारले विभिन्न मन्त्रिपरिषद् समितिहरू बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रिपरिषद् सम्बन्धी समितिहरू बनाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको बताइन् । त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिइन् ।
उनले भनिन्,‘ मन्त्रिपरिषद्को समितिहरूको निर्माण भएको छ । राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्नुहुन्छ । आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीले समन्वय गर्ने, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले समन्वय गर्ने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले समन्वय गर्ने र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले समन्वय गर्नेगरी मन्त्रिपरिषद् समितिहरू बनेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण