मण्डलामा ‘आकाशको बाटो’
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै नाटक मञ्चन हुन लागेको थिएटरले जनाएको छ।
नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन्। पछिल्लो समय समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावलगायत विभिन्न कारणले नेपाली युवाहरू बाहिरिने चलन प्रथाकै रूपमा स्थापित हुँदै गइरहेको र त्यसले समाजमा निम्त्याएको प्रभाव र परिवर्तनको दस्ताबेजलाई नाटकमार्फत देखाउन खोजेको निर्देशक चौधरीले बताए। ‘यो सामाजिक यथार्थपरक नाटक हो’ उनले भने।
नाटकमा कलाकार शीतल वाग्ले, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति केसी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राई, कृष्ण गुरुङ (कृष), कोहिनूर विश्वकर्मा, मञ्जिल श्रेष्ठ, दिपक श्रेष्ठ, विजय तामाङ (ब्लोन), मान बहादर हिराङ्ग साम्पाङ्ग राई, सुशान्त पन्त, जीवन ठाकुर, पविन तामाङ्ग, रविन साहशकर, मनोज केसी, मुकेश पाण्डे पभात आङ्गबो लिम्ब र सोहित रावलको अभिनय रहनेछ।
थिएटरकै प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई सो हुने थिएटरले जनाएको छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण