इलामको फाकफोकथुममा नोबेलको स्वास्थ्य शिविर १३ सय बढीको निःशुल्क उपचार
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाउँपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । फाल्गुण २५ र २६ गते सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए ।
संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको अगुवाइमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विभिन्न संघ संस्थाहरूको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गर्दै आएको छ । यसै क्रममा इलामको फाकफोक थुम गाँउपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, बाल रोग, जेनेरल सर्जरी, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग लगायतका विभागमा विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा १७५ जनाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे), १२५ जनाको ई. सी. जी. २५० जनाको प्रयोगशाला परीक्षण र २५ जनाको दाँत खोलिएको छ भने ७३ जना बिरामीलाई थप उपचारको लागि रिफर गरिएको छ । रिफर भएका बिरामीको नोबेलमा आई उपचार गराउँदा २५ प्रतिशत छुट हुने नोबेलका जनसम्पर्क अधिकृत नवीन दाहालले बताए ।
स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता फाकफोक थुम गाउँपालिका वडा नं. ७ का अध्यक्ष छत्र लिम्बुले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि फाकफोक थुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई अतिथि, समाजसेवी हर्क धमला, वडा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
-
राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण