मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण