आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकाका यी स्थानबाट लगाउन सकिन्छ दादुराको खोप

मङ्गलबार, २९ फागुन २०८०, ११ : ३६
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । देशभर जारी रहेको दादुरा–रूबेला रोग विरुद्धको खोप काठमाडौँ उपत्यकामा चैत्र ७ गते सम्म लगाइँदै छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई पायक पर्ने खोप केन्द्रबाट खोप लगाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौँ अन्तर्गत पर्ने स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, महाराजगन्जस्थित कान्ति बाल अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, महाराजगन्जस्थित त्रि. वि. शिक्षण अस्पताल र 

चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबाट दादुरा–रूबेला रोग विरुद्धको खोप लगाउन सकिन्छ । 

यस्तै, ललितपुर जिल्ला अन्तर्गत पर्ने गोदावरीस्थित बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र ठेचो स्वास्थ्य चौकीबाट सो खोप लगाउन सकिन्छ । इमाडोलस्थित किष्ट मेडिकल कलेज र ईमाडोल स्वास्थ्य चौकीबाट दादुरा–रूबेला रोग विरुद्धको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।  

नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल, लगनखेलस्थित पाटन अस्पताल, चापागाउँको गोदावरीस्थित वज्रवाराही अस्पताल, लुभस्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्र , जावलाखेलस्थित अल्का अस्पताल, ग्वार्कोस्थित बी एण्ड बी अस्पताल र पुल्चोकस्थित सुमेरू सिटी अस्पतालबाट सो खोप लगाउन सकिन्छ ।  

यस्तै, भक्तपुर जिल्ला अन्तर्गत दुधपाटीस्थित पर्ने भक्तपुर अस्पताल, च्यामासिंहस्थित ख्वप अस्पताल, भिमसेनस्थान ७ स्थित सिद्धि मेमोरियल अस्पताल, जगातीस्थित सुर्यविनायक जगाती अस्पताल र व्यासीस्थित शहरी स्वास्थ्य क्लिनिकबाट खोप लगाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप