काठमाडौँ उपत्यकाका यी स्थानबाट लगाउन सकिन्छ दादुराको खोप
काठमाडौँ । देशभर जारी रहेको दादुरा–रूबेला रोग विरुद्धको खोप काठमाडौँ उपत्यकामा चैत्र ७ गते सम्म लगाइँदै छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई पायक पर्ने खोप केन्द्रबाट खोप लगाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ अन्तर्गत पर्ने स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, महाराजगन्जस्थित कान्ति बाल अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, महाराजगन्जस्थित त्रि. वि. शिक्षण अस्पताल र
चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबाट दादुरा–रूबेला रोग विरुद्धको खोप लगाउन सकिन्छ ।
यस्तै, ललितपुर जिल्ला अन्तर्गत पर्ने गोदावरीस्थित बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र ठेचो स्वास्थ्य चौकीबाट सो खोप लगाउन सकिन्छ । इमाडोलस्थित किष्ट मेडिकल कलेज र ईमाडोल स्वास्थ्य चौकीबाट दादुरा–रूबेला रोग विरुद्धको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल, लगनखेलस्थित पाटन अस्पताल, चापागाउँको गोदावरीस्थित वज्रवाराही अस्पताल, लुभस्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्र , जावलाखेलस्थित अल्का अस्पताल, ग्वार्कोस्थित बी एण्ड बी अस्पताल र पुल्चोकस्थित सुमेरू सिटी अस्पतालबाट सो खोप लगाउन सकिन्छ ।
यस्तै, भक्तपुर जिल्ला अन्तर्गत दुधपाटीस्थित पर्ने भक्तपुर अस्पताल, च्यामासिंहस्थित ख्वप अस्पताल, भिमसेनस्थान ७ स्थित सिद्धि मेमोरियल अस्पताल, जगातीस्थित सुर्यविनायक जगाती अस्पताल र व्यासीस्थित शहरी स्वास्थ्य क्लिनिकबाट खोप लगाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण