शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ६ जना मृत फेला

मङ्गलबार, २९ फागुन २०८०, १२ : ४५
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा  मृत अवस्थामा फेला परेका छन् । 

बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यता चितवन, भरतपुर महानगरपालिका-३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका-२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती विपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

खोटाङ, साकेला गाउँपालिका-२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका-४ स्थित मखुवा खोलामा सोमबार  मृत अवस्थामा फेला परेका छन् । 

रुकुम पश्चिम, त्रिवेणी गाउँपालिका-१० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप