राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राखेर अगाडि जाँदैन : कृष्ण सिटौला
काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सिटौलाले राष्ट्रिय सभालाई प्रबुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडि जान नसक्ने बताएका हुन् । उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउन आवाज उठाउने बताए ।
सिटौलाले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए । राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उनको भनाई छ । कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको आवाज उठाइने उनले बताए ।
उनले भने,‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भीर छौँ । र गम्भीरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रिय सभालाई एउटा प्रबुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले राष्ट्रिय सभा अगाडी जाँदैन । हामी नेपाली कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ । नेपाली कांग्रेसले यो संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ । र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने मूल मान्यतामा रहेर हामी आफ्नो जनताको हितमा आवाज उठाउँछौँ ।’
सिटौलाले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण