सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राखेर अगाडि जाँदैन : कृष्ण सिटौला

मङ्गलबार, २९ फागुन २०८०, १५ : ०४
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताएका छन् ।  

मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सिटौलाले राष्ट्रिय सभालाई प्रबुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडि जान नसक्ने बताएका हुन् । उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउन आवाज उठाउने बताए । 

सिटौलाले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए । राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उनको भनाई छ । कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको आवाज उठाइने उनले बताए ।

उनले भने,‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भीर छौँ । र गम्भीरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रिय सभालाई एउटा प्रबुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले राष्ट्रिय सभा अगाडी जाँदैन । हामी नेपाली कांग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडि बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ । नेपाली कांग्रेसले यो संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ । र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने मूल मान्यतामा रहेर हामी आफ्नो जनताको हितमा आवाज उठाउँछौँ ।’

सिटौलाले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप