सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

बुधबार, ३० फागुन २०८०, ०८ : २३
बुधबार, ३० फागुन २०८०

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका धनकुटा, साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।

घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप