पाकिस्तानमा राष्ट्रपति र गृहमन्त्रीले तलब नलिने
इस्लामावाद । पाकिस्तान यति बेला आफ्नो इतिहासको सबैभन्दा ठुलो संकटबाट गुज्रिरहेको छ । देशमा चरम आर्थिक संकट छ । हालै मात्र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का आसिफ अली जरदारी पाकिस्तानका १४ औँ राष्ट्रपति बनेका थिए । अर्थतन्त्र सम्हालिने कुनै संकेत नदेखिएको यस स्थितिमा मंगलबार नवनिर्वाचित राष्ट्रपतिले ठुलो घोषणा गरेका छन् । आफ्नो कार्यकालको बेलामा एक पैसा तलब नलिने जरदारीको घोषणा छ ।
देशमा लामो समयदेखि आर्थिक संकट चलिरहेको अनि महँगीले सर्वसाधारणका ढाड सेकिएको देखेर जरदारीले यस्तो कदम चालेको बताइएको छ । जरदारीले पीपीपीको एक्स एकाउन्टमा एउटा पोस्ट गर्दै यसको जानकारी दिएका हुन् । चुनौतीपूर्ण स्थितिमा राहत होस् भनेर यो फैसला गरिएको उनले बताएका छन् । यसबाट देशको राजस्वमा बोझ नपर्ने उनको भनाई छ । जरदारी पाकिस्तानका सबैभन्दा धनी नेतामध्ये पर्दछन् । उनको नेटवर्थ करिब १ अर्ब ८० करोड डलर आसपास भएको बताइन्छ ।
पाकिस्तानको संसद्ले राष्ट्रपतिको मासिक तलब ८ लाख ४६ हजार ५५० रुपैयाँ तोकेको छ । यसबोहक उनले अन्य भत्ता पनि पाउँछन् । जरदारीको यस कदममा पाकिस्तानका नयाँ गृहमन्त्रीले पनि कदम मिलाएका छन् । नव गठित सरकारका नयाँ गृहमन्त्री मोहसिन नकवीले पनि देशको आर्थिक चुनौतीलाई उद्धृत गर्दै आफ्नो तलब छाड्ने निर्णय गरेका छन् । यसको घोषणा नकवीले पनि एक्समै गरेका थिए । आफू हरसम्भव तरिकाले देशको सेवा गर्न प्रतिबद्ध रहेको र यो एउटा चुनौतीपूर्ण समय भएको उनले पोस्टमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण