आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आकाश चन्दले लिए पीएनजीको तेस्रो विकेट

बुधबार, ३० फागुन २०८०, १२ : ०९
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को तेस्रो विकेट लिएको छ । पीएनजीको तेस्रो विकेट आकाश चन्दले लिएका हुन् । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट हो । 
आकाशले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान लेगा सिआकालाई दुई रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराए । ३.१ ओभरमा लेगा आउट हुँदा पीएनजीले २० रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप