फाइनलमा पीएनजीलाई हराउन नेपालले १७२ रन बनाउनुपर्ने
काठमाडौँ । काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको हो ।
पीएनजीका लागि ओपनर ब्याट्सम्यान टोनी उराले ६१ रनको योगदान गरेका थिए । तल्लो क्रमका ब्याट्सम्यान एली नाओले पनि अविजित ३० रन बनाए । पीएनजीले अतिरिक्त रूपमा १३ रन पायो ।
नेपाली टोलीका बलर कुशल भुर्तेल र आकाश चन्दले तीन–तीन विकेट लिए । कुशलले चार ओभरमा २४ रन र आकाशले चार ओभरमा ४१ रन खर्चिए । करण केसी र गुलसन झाले पनि एक–एक विकेट हात पारे ।
पीएनजीको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै पीएनजीका ओपनर ब्याट्सम्यान सेसे बउलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । सेसे बउ आउट हुँदा पीएनजीले केवल एक रन बनाएको थियो ।
पीएनजीको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका कप्तान असाद भालालाई विनोद भण्डारीद्वारा क्याच गराएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान असाद भालाले पेभेलियन फर्किनुअघि पाँच बलमा दुई रन बनाएका थिए । १.४ ओभरमा उनी आउट हुँदा पीएनजीले १४ रन बनाएको थियो ।
पीएनजीको तेस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले व्यक्तिगत रूपमा लिएको यो दोस्रो विकेट थियो । आकाशले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान लेगा सिआकालाई दुई रनको व्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । ३.१ ओभरमा लेगा आउट हुँदा पीएनजीले २० रन बनाएको थियो ।
पीएनजीको चौथो विकेट गुलसन झाले लिएका थिए । गुलसनले पीएनजीका प्रभावशाली ब्याट्सम्यान हिरी हिरीलाई लोकेश बमद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका हिरी हिरीले पेभेलियन फर्किनुअघि नौ बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । ५.२ ओभरमा हिरी हिरी आउट हुँदा पीएनजीले ४३ रन जोडेको थियो ।
पीएनजीको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका थिए । उनले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान हिला भारेलाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि हिलाले २१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । ११.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ९१ रन बनाएको थियो ।
पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई विवेक यादवद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए । उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काएका थिए । १३.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको थियो ।
पीएनजीको सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । कुशलले पीएनजीका आठौँ नम्बरका ब्याट्सम्यान किपलिन दोरिगालाई लोकेश बमद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो ।
विकेटकिपर ब्याट्सम्यान दोरिगाले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाएका थिए । १७.४ ओभरमा दोरिगा आउट हुँदा पीएनजीले एक सय ३७ रन बनाएको थियो ।
पीएनजीको आठौँ विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका ब्याट्सम्यान चाड सोपरलाई १३ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । आकाश चन्दले लिएको यो तेस्रो विकेट थियो । १८.५ ओभरमा चाड सोपर आउट हुँदा पीएनजीले एक सय ५४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण