शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छैटौँ विकेटका रुपमा विवेक आउट, नेपाल दबाबमा

बुधबार, ३० फागुन २०८०, १४ : ४२
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । 

नेपालले छैटौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको हो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका विवेक १० बलमा एक रन बनाउँदै आउट भए । उनलाई पीएनजीका बलर सोपरले सियाकाद्वारा क्याच गराएका हुन् । १२.४ ओभरमा विवेक आउट हुँदा नेपालले ७० रनमात्र बनाउन सकेको छ । ठूलो लक्ष्य पछ्याइरहेको नेपाली टोली छैटौँ विकेट खसेसँगै दबाबमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप