प्रधानमन्त्रीसँग विश्वास मरेको छैन, विश्वासको मत दिन्छु : स्वतन्त्र सांसद मण्डल
बुधबार, ३० फागुन २०८०, १४ : ५८
काठमाडौँ । सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा विश्वासको मत दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डप्रति देश विकासको विश्वास नमरेकाले आफूले समर्थन गर्ने मण्डलको भनाइ छ ।
‘मैले आसले अहिले पनि प्रधानमन्त्रीज्युले मलाई जुन कुरा भन्नुभएको थियो अहिले पनि मेरो विश्वास मरेको छैन । त्यसैले मेरो समर्थन रहन्छ’, मण्डलको भनाइ छ । उनले एक अर्कालाई दोष दिने काम बन्द गरेर सांसदहरुले जनताका काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण