वित्तीय सुशासनमा पोखरा महानगर जिल्लाकै कमजोर, सबै पालिकाको औसत रिजल्ट
पोखरा । पोखरा महानगरपालिका वित्तीय सुशासन जोखिम मुल्यांकनमा जिल्लाको सबैभन्दा कमजोर देखिएको छ । २०७९/०८० मा महानगरपालिका ६० अंक सहित सबैभन्दा पछाडी छ । सार्वजनिक भएको नतिजा अनुसार रुपा गाउँपालिकाको नतिजा सबैभन्दा उत्कृष्ट देखिएको छ । रुपाले ६७ अंक सहित उच्च स्थान पाउँदा माछापुच्छ्रे गाउँपालिकाले ६४.५ अंक पाएको छ ।
यस्तै, अन्नपूर्णले ६२ र मादीले ६०.५ अंक पायो । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका स्थानीय तहहरुको वित्तीय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्वजनिक गरेको हो । जिल्लाको नतिजा औसत देखिएको छ । जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले कुनैपनि पालिकाको नतिजा अव्वल हुन नसकेको भन्दै आगामी दिनमा सुधार्न सुझाए ।
‘सुशासन र समृद्धीको जग नै वित्तीय सुशासन हो । कास्कीका पालिकाहरुको नतिजा औसत आएको छ,’ उनले भने, ‘यत्ति अंकले पुग्दैन । कास्कीले उत्कृष्ट नतिजा ल्याउनुपर्छ । आगामी वर्ष सुधार गरोस् ।’ यसका लागि जनप्रतिनिधिसँगै कर्मचारीको पनि उल्लेख्य भूमिका रहने पौडेलले सुनाए । वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधी २०७७ को आधारमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।
योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाकंन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका विषय क्षेत्र तोकी १ सय १८ वटा सूचकमा अंक दिइएको थियो । विशेष गरी कार्य क्षमता र अभिलेख प्रणालीको विकास नहुँदा पालिकाहरु कमजोर देखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण