बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्छ : वामदेव गौतम

बुधबार, ३० फागुन २०८०, १६ : ०६
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखेका हुन् । 

गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए । उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुख बाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए । उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभई संघीय संसद्को संयुक्त बैठकलाई हुनुपर्ने बताए । 

गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए । उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले राष्ट्रपतिको निर्वाचन संघीय संसद्को संयुक्त बैठकले गर्नुपर्ने बताए ।

गौतमले प्रतिनिधिसभा नियमावली बमोजिम चल्न नसकेको जिकिर गरे । उनले राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप