राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखेका हुन् ।
गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए । उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुख बाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए । उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभई संघीय संसद्को संयुक्त बैठकलाई हुनुपर्ने बताए ।
गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए । उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले राष्ट्रपतिको निर्वाचन संघीय संसद्को संयुक्त बैठकले गर्नुपर्ने बताए ।
गौतमले प्रतिनिधिसभा नियमावली बमोजिम चल्न नसकेको जिकिर गरे । उनले राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण