आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक फेरि सर्‍यो

बुधबार, ३० फागुन २०८०, १७ : ३४
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । यसअघि फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण चैत १ गते सारिएको थियो । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण बैठक २ गते सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठक केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे बस्नेछ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल हुने उनले बताए ।

‘प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण बैठक २ गते बोलाइएको छ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल हुनेछ’, रातोपाटीसँग उनले भने ।

यसअघि फागुन १६ गते सकिएको बैठकमा सबै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप