माओवादी स्थायी समिति बैठक फेरि सर्यो
बुधबार, ३० फागुन २०८०, १७ : ३४
काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ । यसअघि फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण चैत १ गते सारिएको थियो । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण बैठक २ गते सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार बैठक केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे बस्नेछ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल हुने उनले बताए ।
‘प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण बैठक २ गते बोलाइएको छ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल हुनेछ’, रातोपाटीसँग उनले भने ।
यसअघि फागुन १६ गते सकिएको बैठकमा सबै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण